advertisement

बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ । बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् ।

" /> जनतालाई भ्रमित होइन सचेत बनाउनु पर्छ : प्रधानमन्त्री ओली - Sarbocha Media

जनतालाई भ्रमित होइन सचेत बनाउनु पर्छ : प्रधानमन्त्री ओली

`

     २०७६ माघ १५ गते ६:५४

काठमाडौं, १५ माघ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकलाई सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले मुलुकलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताएका छन् ।

बैठकको सम्बोधनमा बाल्दै प्रधानमन्त्रीले सडक मानवमुक्त देश बनाएको दाबी गरेका छन् । उनले काम्रेडहरु आँखा खोलेर लाग्नुस् भनेका छन्। भावानमा बगेर उब्लब्धि नहुने भन्दै आजको यर्थाथलाई बुझेर अगाडि बढ्नु पर्ने बताए ।

प्रधानमन्त्रीले सचेत बनाउनमा जोड जाेड दिएका छन् । जनतालाई भ्रमित नबनाउन अग्राह समेत गरेका छन् । सरकारले केही काम गरेन भनेर भ्रम फैलाएकाे बताउँदै यसबारे कही समयपछि स्पस्ट हुने जनाए ।

विश्वका भोकमारीको सूचांकमा अहिले नेपालको स्थिती सुध्रिएको प्रधानमन्त्रीले बताए । शान्तीमा नेपाल ७६ औँ स्थानमा रहेको प्रधानमन्त्रीले जनाए ।

advertisement

बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ । बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?