काठमाडौं, १५ माघ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारुढ नेकपाले केन्द्रीय सदस्यमा मनोनीत गरेकाे छ ।
मंगलबार सत्तारुढ नेकपाले केन्द्रीय सदस्यमा तुम्बाहाङ्फेलाई मनोनीत गरेको हो ।
मंगलबार साँझ बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जनाइएको छ । उनले बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा भाग लिने बताइएको छ ।

शिवमाया यसअघि पनि केन्द्रीय सदस्य रहेकी थिइन् । तर पछि उनी संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि पार्टीका सम्पूर्ण जिम्मेवारीसहित पार्टीको साधारण सदस्यतासमेत त्यागेकी थिइन्।




