advertisement

ठकुरीको मंगलबार बिहान मृत्युु भएको थियो । घटनापछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका थिए ।

" /> वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हट्यो - Sarbocha Media

वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हट्यो

`

     २०७६ माघ १५ गते ४:३३

सुर्खेत, १५ माघ । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार ६ः३०देखि बुधबार बिहान ६ बजेसम्मका लागि जारी गरेको कर्फ्यु आजबाट हटाइएको छ ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेतका २० वर्षीय केशरसिंह ठकुरीको टिपरले किच्दा मृत्यु भएपछि उक्त ठाउँमा तनाव ग्रस्त भएको थियो । चर्किएको तनावलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ घण्टे कर्फ्युआदेश जारी गरेको थियो ।

advertisement

ठकुरीको मंगलबार बिहान मृत्युु भएको थियो । घटनापछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?