advertisement

‘केन्द्रीय कमिटी बैठकमा मुख्य रूपमा स्थायी कमिटी बैठकका एजेन्डा नै मुख्य एजेन्डा हुन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन, आगामी कार्यायोजनालगायत विषयमा बैठकमा छलफल हुने एजेन्डा छ

" /> नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, छलफलका एजेन्डा यस्ता छन् - Sarbocha Media

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, छलफलका एजेन्डा यस्ता छन्

`

     २०७६ माघ १५ गते १:१३

काठमाडौँ, १५ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आवश्यक तयारीमा जुटेका छन् ।

नेकपा सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताए ।

advertisement

‘केन्द्रीय कमिटी बैठकमा मुख्य रूपमा स्थायी कमिटी बैठकका एजेन्डा नै मुख्य एजेन्डा हुन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन, आगामी कार्यायोजनालगायत विषयमा बैठकमा छलफल हुने एजेन्डा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?