advertisement

बैठक भोलि ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्दैछ। पार्टी एकीकरणपछि पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो। नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय छ।

" /> नेकपा सचिवालयले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा - Sarbocha Media

नेकपा सचिवालयले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा

`

     २०७६ माघ १४ गते २:५८

काठमाडौं, १४ माघ । नेकपाको सचिवालय बैठकले भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएपछि बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गर्ने छन् ।

त्यसपछि महासचिव विष्णु पौडैलले सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेस गर्ने, सातै प्रदेशका प्रदेश इन्चार्जले सांगठनिक रिपोर्ट पेस गर्ने र समसामयिक विषय बैठका एजेन्डाहुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

advertisement

बैठक भोलि ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्दैछ। पार्टी एकीकरणपछि पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो। नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?