advertisement

शपथलगत्तै सापकोटाले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर आजै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । सभामुखको पदभार ग्रहण गर्ने क्रममा प्रमाणीकरण गर्न बाँकी पाँच विधेयकमध्ये एकमा हस्ताक्षर गर्ने कि सदनमा पठाउनुपर्ने विधेयकमा हस्ताक्षर गर्ने भन्ने टुंगो भने नलागेको संसद सचिवालयले जनाएको छ ।

" /> सभामुख सापकोटाले गरे पदभार ग्रहण - Sarbocha Media

सभामुख सापकोटाले गरे पदभार ग्रहण

`

     २०७६ माघ १३ गते ७:२३

काठमाडौँ, १३ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍नि सापकोटाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आज सोमबार राष्ट्रपति निवासमा एक समारोहमाझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनलाई पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

advertisement

शपथलगत्तै सापकोटाले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर आजै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । सभामुखको पदभार ग्रहण गर्ने क्रममा प्रमाणीकरण गर्न बाँकी पाँच विधेयकमध्ये एकमा हस्ताक्षर गर्ने कि सदनमा पठाउनुपर्ने विधेयकमा हस्ताक्षर गर्ने भन्ने टुंगो भने नलागेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?