advertisement

त्यस्तै, ग्रान्डी अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएका छन् । अर्को एक निजी अस्पतालमा समेत संक्रमण भएको आशंकामा एक जना भर्ना भएका छन् ।

" /> नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा फेरि तीन जना अस्पताल भर्ना - Sarbocha Media

नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा फेरि तीन जना अस्पताल भर्ना

`

     २०७६ माघ १२ गते ३:१२

काठमाडौं, १२ माघ । नेपालमा कोरोना भाइरसको आशंकमा फेरि तीन जना अस्पताल भर्ना भएका छन् । उनीहरुमा कोरोना भाइरसको जस्तै लक्षण देखिकाे जनाइएकाे छ।

चीनबाट फर्किएका एक नेपालीमा नोबेल कोारेना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीजनजनामा आशंका गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्तमणको आशंकामा दुई जनालाई शुक्रबार काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन् ।

रुघाखोकाी र श्वासप्रश्वासमा समस्या आएपछि पुस २८ गते शुक्रराज अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोारेना भाइरस रहेको पुष्टि भएको थियो ।

चीनको बुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय युवक अस्पतालबाट डिस्चार्ज चभएपनि चिकित्सकको नियमित निगरानीमा राखिएको छ ।

संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय युव शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन् ।हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ ।

advertisement

त्यस्तै, ग्रान्डी अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएका छन् । अर्को एक निजी अस्पतालमा समेत संक्रमण भएको आशंकामा एक जना भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?