काठमाडौं, १२ माघ । चीनमा अध्ययन गर्न गएका कोरोना भाइरसको संक्रमन देखिएका एक जना नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
चीनको वुहानमा पीएचडी अध्ययनरत नेपाली गत पुस २० मा घर आएका थिए । उनमा ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गए ।

उनमा नोवल कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको थियो। उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरेपछि रगत र र्यालको नमुना परीक्षणका लागि हङ्गकङ्गस्थित विश्व स्वास्थ्य संगठनको कोलाबरेटिङ सेन्टरमा पठाइयो।
नमुना परीक्षणमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो। पुष्टि भएको रिपोर्ट आउँदा ती बिरामी डिस्चार्ज भइसकेका थिए ।




