सिन्धुली, ११ माघ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत एक इन्जीनियर नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले दिलिप कुमार शाहलाई घुससहित नियन्त्रणमा लिएको हो ।
शुक्रबार साँझ उपभोक्ता समितिसँग घुस रकम लिएको आरोपमा शाहलाई नियत्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा परेका शाहको साथबाट अख्तियारको टोलीले नगद र चेक गरी २ लाख २६ हजार नियन्त्रणमा लिइएको बताइएको छ ।

उनलाई कमलामाई नगरपालिका–६ स्थीत श्रेष्ठ होटलबाट चेक र नगदमार्फत घुस लिँदै गर्दा नियत्रणमा लिएको हो ।




