advertisement

गजल २

यहाँ जनताहरूको छातीलाई सडक बनाइयो
देशलाई गाडी भ्रष्टाचारीलाई चालक बनाइयो

पहिले आँखा झिकियो बिस्तारै काटिए हातहरू
लुटियो सिमाना अनि बालाई बन्धक बनाइयो

कर्णालीका कष्टहरू सुनेर यी आँसु थामिँदैनन्
चुनावी नारामा सिंगापुर अनि बैंकक बनाइयो

चुनाव आउँदा भुक्ने जितेपछि सुइँकुच्चा ठोक्ने
गद्दार नेतालाई प्रधानमन्त्री पटक पटक बनाइयो

दिनहुँ बढ्ने हत्याहिंसा बलात्कार र भ्रष्टाचारले
स्वर्ग जत्तिकै सुन्दर यो देशलाई नरक बनाइयो ।

गजल ३

न त गरिबी सकिन्छ न त यो बन्धकी सकिन्छ
अधुरो रहँदै यो मनको सपना जिन्दगी सकिन्छ

उता बैँस उड्दै छ प्रिय, सिमलको भुवा जस्तै
यता हरदिन आँसु झार्दै मेरो जवानी सकिन्छ

मेरो मिर्गौला बेचेको पैसा जुवामा उडायौ छोरा
जुन दिन म सकिन्छु, तिम्रो मोज मस्ती सकिन्छ

हेर्दै जानुहोस् जब चल्छ समय आफ्नै विपक्षमा
तब टाढिँदै जान्छन् आफन्त सँगै साथी सकिन्छ

नसोच्नू आफूलाई रङ्गिन पानामा सजाउनेछु
सोच्दा सोच्दै सिङ्गो यो जीवनको मसी सकिन्छ ।

– हिमा भुसाल ‘प्रकृति’ राप्ती गापा, लालमटिया, देउखुरी, दाङ
" /> हिमा भुसाल ‘प्रकृति’का सुन्दर तीन गजलहरू - Sarbocha Media

हिमा भुसाल ‘प्रकृति’का सुन्दर तीन गजलहरू

`

     २०७६ माघ ११ गते ७:१३

दाङ, माघ ११ ।

गजल १

ए मृत्यु केही समय कुरेर लैजा
उसको सट्टामा मेरो उमेर लैजा

म सङ्ग चोटहरूको भण्डार छ
सक्छस् भने आइज लुटेर लैजा

अपराध देखिनस् सरकार
आइज मेरा आँखा थुतेर लैजा

भाइ मारेर फेरी के लिन आइस्
रगताम्मे फोटो छ पुछेर लैजा

ए फिलिङ्गो छोडेर भाग्ने मान्छे
तातो यो जवानी फुकेर लैजा ।

advertisement

गजल २

यहाँ जनताहरूको छातीलाई सडक बनाइयो
देशलाई गाडी भ्रष्टाचारीलाई चालक बनाइयो

पहिले आँखा झिकियो बिस्तारै काटिए हातहरू
लुटियो सिमाना अनि बालाई बन्धक बनाइयो

कर्णालीका कष्टहरू सुनेर यी आँसु थामिँदैनन्
चुनावी नारामा सिंगापुर अनि बैंकक बनाइयो

चुनाव आउँदा भुक्ने जितेपछि सुइँकुच्चा ठोक्ने
गद्दार नेतालाई प्रधानमन्त्री पटक पटक बनाइयो

दिनहुँ बढ्ने हत्याहिंसा बलात्कार र भ्रष्टाचारले
स्वर्ग जत्तिकै सुन्दर यो देशलाई नरक बनाइयो ।

गजल ३

न त गरिबी सकिन्छ न त यो बन्धकी सकिन्छ
अधुरो रहँदै यो मनको सपना जिन्दगी सकिन्छ

उता बैँस उड्दै छ प्रिय, सिमलको भुवा जस्तै
यता हरदिन आँसु झार्दै मेरो जवानी सकिन्छ

मेरो मिर्गौला बेचेको पैसा जुवामा उडायौ छोरा
जुन दिन म सकिन्छु, तिम्रो मोज मस्ती सकिन्छ

हेर्दै जानुहोस् जब चल्छ समय आफ्नै विपक्षमा
तब टाढिँदै जान्छन् आफन्त सँगै साथी सकिन्छ

नसोच्नू आफूलाई रङ्गिन पानामा सजाउनेछु
सोच्दा सोच्दै सिङ्गो यो जीवनको मसी सकिन्छ ।

– हिमा भुसाल ‘प्रकृति’ राप्ती गापा, लालमटिया, देउखुरी, दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?