advertisement

गएको डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलिएको छ । यस्तै नेपालमा पनि यसको संक्रमण देखा परेको पुष्टि भएको छ ।चीनबाट फर्किएका एकजनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि केही व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

" /> चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ४१ पुग्याे - Sarbocha Media

चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ४१ पुग्याे

`

     २०७६ माघ ११ गते ४:२०

काठमाडौं, ११ माघ । चीनमा नयाँ भाइरस कोरोनाबाट ज्यान जानेको संख्या ४१ पुगेको छ । हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान जानेको संख्या ४१ पुगेको चीनका सरकारी अधिकारीले पुष्टि गरको जनाएको छ।

यस्तै अहिलेसम्म चीनमा १२ सय ८७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ। विज्ञहरुले भने संक्रमितको संख्या यो भन्दा बढी हुन सक्ने बताएका छन् । चीनमा शनिबार नयाँ वर्ष मनाईँदै छ । तर कोरोना भाइरसको संक्रमणका कारण धेरै कार्यक्रमहरु रद्द गरिएका छन् ।

advertisement

गएको डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलिएको छ । यस्तै नेपालमा पनि यसको संक्रमण देखा परेको पुष्टि भएको छ ।चीनबाट फर्किएका एकजनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि केही व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?