advertisement

बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् । कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ ।

नाफा घाटा हेर्दा बुढोहुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । पैँतालीस दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । पैँतालीसदेखि ६० दिनभित्र कुखुरा बेच्नयोग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु छदेखि आठ महिनासम्म हुने बताइन्छ ।

" /> बाग्लुङमा तीन हजार बढी पर्ने चौध किलोको भाले - Sarbocha Media

बाग्लुङमा तीन हजार बढी पर्ने चौध किलोको भाले

`

     २०७६ माघ १० गते २:५०

बाग्लुङ, १० माघ । बाग्लुङमा एउटा भालेको तौल १४ किलो रहेको छ । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको हो। भाले गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा ल्याएको थियो । उक्त भाले परीक्षणका लागि लामो समय पालिएको बताइएको छ।

फार्मका सञ्चालक विजय शर्माका अनुसार ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको हो। उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहले भाले निरोग छ । उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य रु तीन हजार २०० पर्छ ।

advertisement

बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् । कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ ।

नाफा घाटा हेर्दा बुढोहुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । पैँतालीस दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । पैँतालीसदेखि ६० दिनभित्र कुखुरा बेच्नयोग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु छदेखि आठ महिनासम्म हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?