काठमाडौं, १० माघ। गण्डकी प्रदेशसभाका सदस्य (सांसद) दीपक मनाङ्गे दुई दिन हिरासतमा नै रहने भएको छ । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएकाे छ। जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङ्गेविरुद्ध उजुरी दर्ता गरेका थिए । उक्त उजुरीका आधारमा प्रहरीले बिहीबार मनाङ्गेलाई पक्राउ गरेको थियो ।

मनाङ्गेविरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी दिएका जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई बैंकिङ कसूरमा अनुसन्धान गर्न प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।




