advertisement

बैठकमा सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएमा चालकलाई अबदेखि हिरासतमा राखेर कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

सिटभन्दा बढी यात्रु चढाउने तथा मालवाहक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारबाही गर्ने सहमति बैठकमा भएको छ ।

" /> मादक पदार्थ सेवन गरेका चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने - Sarbocha Media

मादक पदार्थ सेवन गरेका चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने

`

     २०७६ माघ ०९ गते ७:१८

धादिङ, ०९ माघ । धादिङमा सवारी दुर्घटना न्यूनीकरणका लागि नयाँ नियम ल्याएको छ । उक्त नयाँ नियम रहेको छ मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने ।

जिल्लाभित्रका सवारी दुर्घटना घटाउनको लागि जिल्ला प्रशासन कार्यालय, धादिङले यस्तो गर्ने निर्णय लिएको हाे । बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति भएकाे थियाे।

advertisement

बैठकमा सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएमा चालकलाई अबदेखि हिरासतमा राखेर कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

सिटभन्दा बढी यात्रु चढाउने तथा मालवाहक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारबाही गर्ने सहमति बैठकमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?