भक्तपुर, ०९ माघ । भक्तपुर नगरपालिका ६ भोलाछेंमा बुधबार साँझ आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको ज्यान गएको छ ।
रक्सी खाएका उनीहरुबीच सामान्य विवाद भएपछि एक किशोरमाथि छुरा प्रहार भएकाे थियाे । उक्त छुरा प्रहारबाट किशाेरकाे ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार छुरा प्रहारबाट भक्तपुर उपमहानगरपालिका १० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको मृत्यु भएको हो ।

छुरा प्रहारपछि फरार भएका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । चारपाँच जना साथीहरुसँ बसेर रक्सी खाएपछि सामान्य विवाद हुँदा सुवालको छातीमा साथीले छुरा प्रहार गरेको खुलेको छ ।
सिद्धपोखरीमा रहेको कान्तिपुर गेस्ट हाउसबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर जनाएको छ ।




