advertisement

त्यस्तै भाइरस फैलिदै गएपछि चीनमा पशुबजार र जंगली जनावरमाथि पनि कडा नियमन गरिएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनका अनुसार बुधबार चीनमा भाइरसबाट मृत्यु हुनेमध्ये धेरै पाका उमेरका छन् । हिजो बुधबार भारसबाट ज्यान जानेको संख्या ९ थियो भने ४४० जनामा संक्रमण देखिएको थियो ।

" /> चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या १७ पुग्यो, ५०० जनामा संक्रमण - Sarbocha Media

चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या १७ पुग्यो, ५०० जनामा संक्रमण

`

     २०७६ माघ ०९ गते ५:०६

काठमाडौं, ०९ माघ । चीनमा नयाँ कोरोना भाइरसबाट ज्यान जानेको संख्या १७ पुगेको छ, भने ५०० जनामा यसको संक्रमण देखिएको छ ।चीनको हुबेई प्रान्तको वुहान सहर कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ मानिन्छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनका १३ प्रान्तमा पुगिसकेको छ।

सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहर नै शिलबन्दी गरिदिएका छन्। त्यस सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने र बाह्य सम्पर्क कम गर्ने निर्णय गरेका छन् । अहिले उनीहरूले संक्रमण रोक्न वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।

advertisement

त्यस्तै भाइरस फैलिदै गएपछि चीनमा पशुबजार र जंगली जनावरमाथि पनि कडा नियमन गरिएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनका अनुसार बुधबार चीनमा भाइरसबाट मृत्यु हुनेमध्ये धेरै पाका उमेरका छन् । हिजो बुधबार भारसबाट ज्यान जानेको संख्या ९ थियो भने ४४० जनामा संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?