advertisement

बुधबार राति तीब्र गतिमा आएको बा.६७प ४८७१ नम्वरको मोटरसाईकल पोलमा ठोक्किदा मोटरसाईकल चालक गणेश बयलकोटीको ज्यान गएको प्रहरीले बताएको छ । उनी सिन्धुली स्थायी घर भई हाल दुवाकोट बस्दै आएका थिए ।

राति करिब ८ बजेर ५० मिनेटमा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि उपाचारका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको बयलकोटी उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार मोटरसाईकल दुर्घटनामाथि थप अनुसन्धान भइरहेको छ । गणेश भक्तपुरको इँटा भट्टामा जेसिवीमा हेल्परको काम गर्दै आएका थिए ।

" /> भक्तपुरमा मोटरसाईकल पोलमा ठोक्किदा चालकको मृत्यु - Sarbocha Media

भक्तपुरमा मोटरसाईकल पोलमा ठोक्किदा चालकको मृत्यु

`

     २०७६ माघ ०९ गते ४:१८

भक्तपुर, ०९ माघ । चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित महाँकाल चोकमा मोटरसाईकल पोलमा ठोक्किदा एक जनाको ज्यान गएको छ ।

advertisement

बुधबार राति तीब्र गतिमा आएको बा.६७प ४८७१ नम्वरको मोटरसाईकल पोलमा ठोक्किदा मोटरसाईकल चालक गणेश बयलकोटीको ज्यान गएको प्रहरीले बताएको छ । उनी सिन्धुली स्थायी घर भई हाल दुवाकोट बस्दै आएका थिए ।

राति करिब ८ बजेर ५० मिनेटमा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि उपाचारका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको बयलकोटी उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार मोटरसाईकल दुर्घटनामाथि थप अनुसन्धान भइरहेको छ । गणेश भक्तपुरको इँटा भट्टामा जेसिवीमा हेल्परको काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?