advertisement

प्रधानमन्त्री ओलीले काठमाडौँ र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उद्घाटनपछि नेपालको सामान बोकेको ट्रक भारततर्फ र भारतको सामान बोको ट्रक नेपाल भित्रने छ । नेपालतर्फ बनेको जाँचचौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको थियो ।

" /> प्रधानमन्त्री ओली र मोदीले ‘भिडियो कन्फ्रेन्स’ मार्फत जाँच चौकी उद्घाटन गर्ने - Sarbocha Media

प्रधानमन्त्री ओली र मोदीले ‘भिडियो कन्फ्रेन्स’ मार्फत जाँच चौकी उद्घाटन गर्ने

`

     २०७६ माघ ०७ गते ४:५०

काठमाडौं, ०७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज ‘भिडियो कन्फ्रेन्स’ हुने भएको छ । ओली र मोदीले ‘भिडियो कन्फ्रेन्स’ मार्फत विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्नुहुनेछ ।

भारत सरकारले एक अर्ब १४ करोड रुपैयाँ लागतमा निर्माण गरेको जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्न लाग्नु भएको हो । भारतको सिमाना नजिकै १ सय २९ विघा क्षेत्रफलमा जाँचचौकी निर्माण गरिएको छ ।

advertisement

प्रधानमन्त्री ओलीले काठमाडौँ र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उद्घाटनपछि नेपालको सामान बोकेको ट्रक भारततर्फ र भारतको सामान बोको ट्रक नेपाल भित्रने छ । नेपालतर्फ बनेको जाँचचौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?