advertisement

यसैगरी पश्चिम नेपालका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । मध्य र पूर्वी क्षेत्रमा पनि मौसम आंशिकदेखि पूर्ण बदली भएको महाशाखाले जनाएको छ । तर यस क्षेत्रमा पानी पर्ने सम्भावना भने नदेखिएको बताइएको छ ।

यस्तै मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागिरहेको बताइएको छ ।

" /> देशभर मौसम बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना - Sarbocha Media

देशभर मौसम बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना

`

     २०७६ माघ ०७ गते ४:२०

काठमाडौँ, ७ माघ । सोमबार दिउँसो प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको कारण आज देशभर मौसम बदली भएको छ ।

काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको हुँदा आज दिनभर घाम लाग्ने सम्भावना कम छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

advertisement

यसैगरी पश्चिम नेपालका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । मध्य र पूर्वी क्षेत्रमा पनि मौसम आंशिकदेखि पूर्ण बदली भएको महाशाखाले जनाएको छ । तर यस क्षेत्रमा पानी पर्ने सम्भावना भने नदेखिएको बताइएको छ ।

यस्तै मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?