advertisement

बेपत्ता मानिसका सयौँ परिवारहरुले आफ्ना मान्छरुको अवस्था र उनीहरु कहाँ छन् भन्ने थाहा पाउनु पर्ने माग गर्दै श्रीलंकामा र्याली गर्ने गरेका छन् । अधिकांशले आफ्ना मान्छेहरु जीवित नै छ भन्ने आशा मारिसके पनि उनीहरुको अवस्था औपचारिक रुपमा थाहा पाउनु पर्ने उनीहरुको माग छ ।

श्रीलंकामा २६ वर्षसम्म चलेको गृहयुद्धका क्रममा हजारौं मारिएका थिए भने उत्तिकै संख्यामा बेपत्ता भएका भएका थिए । बेपत्ताका परिवारले लामो समयदेखि आफ्ना सदस्यको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गर्दै आइरहेका छन् ।

" /> श्रीलंकाली राष्ट्रपतिद्वारा सशस्त्र संघर्षमा बेपत्ता भएका २० हजार बढी जीवित नभएको स्वीकार - Sarbocha Media

श्रीलंकाली राष्ट्रपतिद्वारा सशस्त्र संघर्षमा बेपत्ता भएका २० हजार बढी जीवित नभएको स्वीकार

`

     २०७६ माघ ०७ गते ३:१८

एजेन्सी, ७ माघ । श्रीलंकाका राष्ट्रपति गोताबया राजापाक्षेले पहिलोपकट देशमा चलेको गृहयुद्धमा बेपत्ता भएका २० हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको स्वीकारेका छन् । राष्ट्रपति राजापाक्षले राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका दूतहरुसँगको बैठकमा श्रीलंकाको गृहयुद्धका क्रममा बेपत्ताहरुको मृत्यु भएको बताएका हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको वक्तव्यमा हाल बेपत्ताको सूचिमा रहेकाहरुलाई मृत घोषित गरी उनीहरुको मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया सुरु हुने जनाइएको छ ।

advertisement

बेपत्ता मानिसका सयौँ परिवारहरुले आफ्ना मान्छरुको अवस्था र उनीहरु कहाँ छन् भन्ने थाहा पाउनु पर्ने माग गर्दै श्रीलंकामा र्याली गर्ने गरेका छन् । अधिकांशले आफ्ना मान्छेहरु जीवित नै छ भन्ने आशा मारिसके पनि उनीहरुको अवस्था औपचारिक रुपमा थाहा पाउनु पर्ने उनीहरुको माग छ ।

श्रीलंकामा २६ वर्षसम्म चलेको गृहयुद्धका क्रममा हजारौं मारिएका थिए भने उत्तिकै संख्यामा बेपत्ता भएका भएका थिए । बेपत्ताका परिवारले लामो समयदेखि आफ्ना सदस्यको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?