advertisement

संसद सुरु हुनु भन्दा केही अगाडि तुम्बाहाङ्फे राजीनामा दिनेछिन् । उनले राजीनामा सभामुखलाई सम्बोधन गरेर ज्येष्ठ सदस्यलाई हस्तान्तरण गर्ने छिन्। संसद नियमावली अनुसार जेष्ठ सदस्यले राजीनामापत्र सदनमा वाचन गरेपछि स्वतः स्वीकृत भएको मानिन्छ।

ज्येष्ठ सदस्यले सदनमा वाचन गरेपछि राजीनामापत्र संसद सचिवालयलाई बुझाइने छ। सोमबार १ बजेका लागि बोलाइएको संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्।

यसअघि सभामुख उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले आइतवार नेकपाको सचिवालयले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै उनी राजीनामा दिन बाध्य भएकी हुन् ।

आइतवार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तुम्बाहाङ्फेलाई बोलाएर छलफल गर्दै आफूलाई सघाउन आग्रह गरेका थिए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेको बताइएको छ ।

" /> उपसभामुख तुम्बाहाङ्फेले संसद बैठक अघि राजीनामा दिने - Sarbocha Media

उपसभामुख तुम्बाहाङ्फेले संसद बैठक अघि राजीनामा दिने

`

     २०७६ माघ ०६ गते ७:०३

काठमाडौं, ०६ माघ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह स्वीकार्दै संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् ।

advertisement

संसद सुरु हुनु भन्दा केही अगाडि तुम्बाहाङ्फे राजीनामा दिनेछिन् । उनले राजीनामा सभामुखलाई सम्बोधन गरेर ज्येष्ठ सदस्यलाई हस्तान्तरण गर्ने छिन्। संसद नियमावली अनुसार जेष्ठ सदस्यले राजीनामापत्र सदनमा वाचन गरेपछि स्वतः स्वीकृत भएको मानिन्छ।

ज्येष्ठ सदस्यले सदनमा वाचन गरेपछि राजीनामापत्र संसद सचिवालयलाई बुझाइने छ। सोमबार १ बजेका लागि बोलाइएको संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्।

यसअघि सभामुख उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले आइतवार नेकपाको सचिवालयले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै उनी राजीनामा दिन बाध्य भएकी हुन् ।

आइतवार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तुम्बाहाङ्फेलाई बोलाएर छलफल गर्दै आफूलाई सघाउन आग्रह गरेका थिए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?