advertisement

बम विस्फोटबाटबाट निर्माणाधीन उर्लाबारी किशान चोक–रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटर क्षति पुगेको बताइएको छ । ती तीन वटा स्काभेटर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । सो ठाउँमा बम पनि फेला परेको जनाइएको छ।

बम भेटिएपछि स्थानीयबासी त्रसित भएका छन्। विस्फोट कसले गरेको हो भन्ने बारे खुलेको छैन । सो स्थानमा विप्लव समूहको गतिविधि हुने गरेको हुँदा विप्लव समूहले गरेको हुन सक्न आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको बताइएको छ।

" /> मोरङमा बम विस्फोट, स्थानीयबासी त्रसित - Sarbocha Media

मोरङमा बम विस्फोट, स्थानीयबासी त्रसित

`

     २०७६ माघ ०६ गते ३:५०

विराटनगर, ०६ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका – १ रमितेस्थित बम विश्फोट भएको छ । आइतबार राति ९ बजेको समयमा बम विस्फोट भएको हो ।

advertisement

बम विस्फोटबाटबाट निर्माणाधीन उर्लाबारी किशान चोक–रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटर क्षति पुगेको बताइएको छ । ती तीन वटा स्काभेटर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । सो ठाउँमा बम पनि फेला परेको जनाइएको छ।

बम भेटिएपछि स्थानीयबासी त्रसित भएका छन्। विस्फोट कसले गरेको हो भन्ने बारे खुलेको छैन । सो स्थानमा विप्लव समूहको गतिविधि हुने गरेको हुँदा विप्लव समूहले गरेको हुन सक्न आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?