advertisement

उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरे। प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोर्टिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए।

सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि प्रधानमन्त्रीले बालुवाटारबाट गरेको भन्दै उनले आपत्ति जनाए। ‘प्रधानमन्त्रीको निवास हो बालुवाटार, प्रधानमन्त्रीको कार्यालय होइन बालुवाटार, प्रधानमन्त्री सिंहदरबार आउन छोडिसक्नुभएको छ। सिंहदरबारको आवश्यता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि? प्रधानमन्त्री सुत्ने ठाउँमा मिटिङ गर्ने, भेटघाट गर्ने, अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका बस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो?’ उनले भने।

उनले संविधानले गरेको व्यवस्था विपरित आएका विधेयकहरुलाई राष्ट्रियसभाले अस्वीकार गर्नुपर्ने बताए।

" /> गोकर्ण रिसोर्टको जग्गालाई यतिलेभन्दा म ५० करोड बढी तिर्छु, सरकारले दिन्छ?: सांसद रायमाझी - Sarbocha Media

गोकर्ण रिसोर्टको जग्गालाई यतिलेभन्दा म ५० करोड बढी तिर्छु, सरकारले दिन्छ?: सांसद रायमाझी

`

     २०७६ माघ ०५ गते ९:५१

काठमाडाैं, ५ माघ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति हाेल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसमक्ष प्रस्ताव गरेका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई नै भाडामा दिन सरकारलाई चुनौति दिए।

उनले भने ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु। सरकार दिन तयार छ मलाई? छैन, किन दिँदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ।’

advertisement

उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरे। प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोर्टिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए।

सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि प्रधानमन्त्रीले बालुवाटारबाट गरेको भन्दै उनले आपत्ति जनाए। ‘प्रधानमन्त्रीको निवास हो बालुवाटार, प्रधानमन्त्रीको कार्यालय होइन बालुवाटार, प्रधानमन्त्री सिंहदरबार आउन छोडिसक्नुभएको छ। सिंहदरबारको आवश्यता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि? प्रधानमन्त्री सुत्ने ठाउँमा मिटिङ गर्ने, भेटघाट गर्ने, अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका बस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो?’ उनले भने।

उनले संविधानले गरेको व्यवस्था विपरित आएका विधेयकहरुलाई राष्ट्रियसभाले अस्वीकार गर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?