काठमाडाैं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ ।
advertisement
उम्मेदवार टुंगो लगाउनका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारका अनुसार आज दुई अध्यक्षबीच सभामुख उम्मेदवार टुंगो लगाउने गरी छलफल हुन लागेको छ । नेकपामा पटपटक छलफल भए पनि अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
नेकपाले उम्मेदवार टुंगो लगाउन नसक्दा लामो समयदेखि प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ । नेकपाले यसअघि पुस ११ गते, १६ गते र २७ गतेको बैठकहरु पनि स्थगित गरिसकेकाे छ।



