advertisement

अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उद्धार गरिएका उनीहरुलाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताइएको छ ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन प्रहरी बताउँछन् । स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको छ ।

टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेका छन् ।

" /> अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली बेपत्ता - Sarbocha Media

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली बेपत्ता

`

     २०७६ माघ ०४ गते ४:३२

पोखरा, ४ माघ । अन्नपूर्ण आधार शिविरमा गएका छ जना बेपत्ता भएका छन् । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका हुन् ।

advertisement

अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उद्धार गरिएका उनीहरुलाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताइएको छ ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन प्रहरी बताउँछन् । स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको छ ।

टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?