काठमाडौं, २ माघ । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ ।
advertisement
मानहानीको मुद्दामा प्रसाईंलाई नियन्त्रणमा लिन अदालतले अनुमति दिएको हो । उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएको थियो ।
गिरीले मानहानीको मुद्दा दिए लगतै प्रहरी भक्तपुरस्थित प्रसाईंको निवासमा पुगेका थिए । निवासम प्रसाईं नभेटेको बताइएको छ ।



