advertisement

प्रस्ताव पारित भएसंगै ट्रम्पले अब माथिल्लो सदनमा सो आरोपको सामना गर्नुपर्नेछ । राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ र विपक्षमा १९३ मत खसेको समाचार बिबिसीमा छ । हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन् ।

त्यहाँको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा विपक्षी पार्टी डेमोक्र्याटहरूको नियन्त्रण रहेको छ र गत महिना ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव सजिलै पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा भने ट्रम्पकै सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेको छ । त्यसैले सो सदनले ट्रम्पविरुद्धको महाभियोग पारित गर्ने वा नगर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउनेबारे निर्णय गर्ने हुनाले सा प्रस्ताव पारित नहुने समभावना बढी देखन्छि ।

" /> अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया अब माथिल्लो सदन सिनेटले शुरू गर्ने - Sarbocha Media

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया अब माथिल्लो सदन सिनेटले शुरू गर्ने

`

     २०७६ माघ ०२ गते ३:१६

एजेन्सी, २ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगसम्बन्धीको प्रक्रिया अब माथिल्लो सिनेटले शुरू गर्ने भएको छ। ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले माथिल्लो सदन सिनेटमा पठाउनेछ एउटा प्रस्ताव पारित गरेकाे छ ।

advertisement

प्रस्ताव पारित भएसंगै ट्रम्पले अब माथिल्लो सदनमा सो आरोपको सामना गर्नुपर्नेछ । राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ र विपक्षमा १९३ मत खसेको समाचार बिबिसीमा छ । हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन् ।

त्यहाँको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा विपक्षी पार्टी डेमोक्र्याटहरूको नियन्त्रण रहेको छ र गत महिना ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव सजिलै पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा भने ट्रम्पकै सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेको छ । त्यसैले सो सदनले ट्रम्पविरुद्धको महाभियोग पारित गर्ने वा नगर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउनेबारे निर्णय गर्ने हुनाले सा प्रस्ताव पारित नहुने समभावना बढी देखन्छि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?