तनहुँ, १ माघ। भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको ज्यान गएको छ, भने ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

हिजो मंगलबार तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरीको भ्यान दुर्घटना हुँदा मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको छ।
इलाका प्रहरी कार्यालय जुगेडीका अनुसार देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका लागि पोखराबाट आएको बा १ ग २११८ नम्वरको भ्यान फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुमध्य २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको बताइएको छ। प्रहरीका अनुसार दुर्घटना भएको गाडीमा ३४ प्रहरी सवार भए थिए ।



