काठमाडौं, ०२ माघ । नागार्जुन–१ नर्सरी चोकस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।
advertisement
बुधबार साँझ ढकालको घरमा कुकर बम विष्फोट भएको हो । बम विस्फोट हुँदा कुनै पनि मानवीय क्षति नभएकाे बताइएकाे छ। बम विस्फोटबाट घरको सिसा फुट्नुको साथै पार्किङमा राखिएको बा ५ च ९५५९ नम्बरको गाडीमा क्षति भएको प्रहरी कार्यालय स्वयम्भूले जनाएको छ ।

विस्फोटको जिम्मा विप्लव समूहले लिएको प्रहरीले जानकारी दिएको छ। ढकालको घरमा बम राखिएको १० सेकेण्डमै विष्फोट भएको थियाे । खुला रहेको ढोकामा राखेर तीन जना व्यक्ति भागेको देखेको प्रत्यक्षदर्शीले बताए ।



