काठमाडौँ, १ माघ । काठमाडौंँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनका सिटहरु निकै थोत्रा र ठुस्स गन्हाउने अनुभव यात्रुहरुसंग छ । त्यतिमात्र होइन कतिपय सार्वजनिक सवारीमा उडुस पनि भटिएको बताइएको छ ।

यात्रुहरुका अनुसार सार्वजनिक सवारी साधनमा यात्र गर्दा उडुस घरमा पुगेको छ । कतिपय यातायात मजदुरले प्रयोग गरेका शब्दहरु शुन्न नसकिने खालकाे हुन्छ । निकै रुखो बोली अनि भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ ।
अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने , धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी बताउँछन् । उनकका अनुसार उडुस भेटिएको यात्रुले नै बताउने गरेका छन् ।
सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करिब ३० वटा सार्वजनिक सवारी साधनलाई अनुगमन गरिएको ट्राफिक प्रहरी बताउँछन् । अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराइएको छ ।
ट्राफिक प्रहरी प्रमुख भीम ढकालले उक्त समस्याहरुको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



