advertisement

दुवै नेपालीको शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भइनसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन्।

" /> समुद्रमा माछा मार्न जाँदा दुई नेपाली दाजुभाइको मृत्यु - Sarbocha Media

समुद्रमा माछा मार्न जाँदा दुई नेपाली दाजुभाइको मृत्यु

`

     २०७६ पौष २९ गते १:३३

एजेन्सी, २९ पुस : समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन्।

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए। नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरूले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए।

advertisement

दुवै नेपालीको शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भइनसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?