यसरी विश्वकै भविष्य खतरामा पार्ने गरी सल्किएर फैलिरहेको डढेलोमा परेर खरानी भइरहेका बिचरा ती अबोध जीवजन्तुको सङ्ख्या बताउने व्यक्ति चाहिँ अस्ट्रेलियाकै सिड्नी विश्वविद्यालयका जैविक विविधताविद् क्रिस डिकम्यान हुन् ।

पर्यावरण क्षेत्रकै विशेषज्ञको रूपमा रहेका डिकम्यानले उक्त कुरा सन् २००७ मा एक अध्ययन पश्चात् तयार पारिएको रिपोर्टको आधारमा भनेका हुन् । सो रिपोर्ट अस्ट्रेलियाको न्यु साउथ वेल्समा वन फडानीले वन्य जन्तुमा कस्तो असर पर्छ भन्ने बारेमा डब्ल्यू डब्ल्यू एफको लागि तयार पारिएको थियो भने डिकम्यान सोही रिपोर्टका सहलेखक थिए ।

डिकम्यानका अनुसार आगोमा परेर अति भयावह जीवको हत्या भएको छ । अझ दुःखद कुरा त यो छ कि जो प्राणी भागेर संयोगले बाँचेका छन्, पानी र वासस्थानको अभावमा तिनको पनि मृत्यु हुनेवाला छ ।

यतिखेर अस्ट्रेलियाको जङ्गलमा आश्रय लिएर बसेका अनगिन्ती किट पतङ्ग, चराचुरुङ्गी र जीव जन्तुको आम विनाश भइरहेको छ । यो डढेलो अस्ट्रेलियाकै इतिहासमा सबैभन्दा भयानक डढेलो हो भने यो डढेलोमा केवल अस्ट्रेलियाको जङ्गल डढिरहेको छैन । यो डढेलोमा सिङ्गो विश्वको वातावरणीय सन्तुलन डढिरहेको छ, विश्वको भविष्य डढिरहेको छ ।

जब ती बिचरा अबोध प्राणी जीवनको भिख मागेर हताहत भएको देख्छौँ, हामी पनि ती प्राणी जस्तै अनायास आफूलाई निरीह भएको पाउँछौँ, ती प्राणीले जस्तै हामी आफूलाई असहाय भएको पाउँछौँ ।

त्यसो त यो आगलागीमा परेर वास्तवमै कति क्षति भयो, त्यो भने हिसाब गरेर साध्य छैन ।

आगलागीमा परेर टुहुरा बनेका कङ्गारुका एक जोडी बच्चा

यो आम विनाशलाई रोक्न अस्ट्रेलियन सरकार प्रभावकारी ढङ्गले छिटो लागोस् र बाँकी विश्वले यो सङ्कट मोचनको लागि निर्णायक साथ देओस् ।

advertisement

यो पनि पढ्नुहोस्ः

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे भनेर कसले भनेको हो?

" /> अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे भनेर कसले भनेको हो? - Sarbocha Media

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे भनेर कसले भनेको हो?

`

     २०७६ पौष २१ गते ६:५६

अस्ट्रेलियाको आगलागीमा परेर ५० करोड जनावर मरेका छन् भनेर लेखिएका समाचार यतिखेर विश्वभर भाइरल बनेको छ । कतिले प्रश्न गरेका छन् कि यो सङ्ख्या कसले गनेको हो?

यसरी विश्वकै भविष्य खतरामा पार्ने गरी सल्किएर फैलिरहेको डढेलोमा परेर खरानी भइरहेका बिचरा ती अबोध जीवजन्तुको सङ्ख्या बताउने व्यक्ति चाहिँ अस्ट्रेलियाकै सिड्नी विश्वविद्यालयका जैविक विविधताविद् क्रिस डिकम्यान हुन् ।

पर्यावरण क्षेत्रकै विशेषज्ञको रूपमा रहेका डिकम्यानले उक्त कुरा सन् २००७ मा एक अध्ययन पश्चात् तयार पारिएको रिपोर्टको आधारमा भनेका हुन् । सो रिपोर्ट अस्ट्रेलियाको न्यु साउथ वेल्समा वन फडानीले वन्य जन्तुमा कस्तो असर पर्छ भन्ने बारेमा डब्ल्यू डब्ल्यू एफको लागि तयार पारिएको थियो भने डिकम्यान सोही रिपोर्टका सहलेखक थिए ।

डिकम्यानका अनुसार आगोमा परेर अति भयावह जीवको हत्या भएको छ । अझ दुःखद कुरा त यो छ कि जो प्राणी भागेर संयोगले बाँचेका छन्, पानी र वासस्थानको अभावमा तिनको पनि मृत्यु हुनेवाला छ ।

यतिखेर अस्ट्रेलियाको जङ्गलमा आश्रय लिएर बसेका अनगिन्ती किट पतङ्ग, चराचुरुङ्गी र जीव जन्तुको आम विनाश भइरहेको छ । यो डढेलो अस्ट्रेलियाकै इतिहासमा सबैभन्दा भयानक डढेलो हो भने यो डढेलोमा केवल अस्ट्रेलियाको जङ्गल डढिरहेको छैन । यो डढेलोमा सिङ्गो विश्वको वातावरणीय सन्तुलन डढिरहेको छ, विश्वको भविष्य डढिरहेको छ ।

जब ती बिचरा अबोध प्राणी जीवनको भिख मागेर हताहत भएको देख्छौँ, हामी पनि ती प्राणी जस्तै अनायास आफूलाई निरीह भएको पाउँछौँ, ती प्राणीले जस्तै हामी आफूलाई असहाय भएको पाउँछौँ ।

त्यसो त यो आगलागीमा परेर वास्तवमै कति क्षति भयो, त्यो भने हिसाब गरेर साध्य छैन ।

आगलागीमा परेर टुहुरा बनेका कङ्गारुका एक जोडी बच्चा

यो आम विनाशलाई रोक्न अस्ट्रेलियन सरकार प्रभावकारी ढङ्गले छिटो लागोस् र बाँकी विश्वले यो सङ्कट मोचनको लागि निर्णायक साथ देओस् ।

advertisement

यो पनि पढ्नुहोस्ः

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे भनेर कसले भनेको हो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?