पुनले कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न २२ नयाँ आविष्कार गरी सकिएको बताए। ५० जनाभन्दा बढी युवाहरू अहिले केन्द्रमा नयाँ आविष्कार तथा खोज, अनुसन्धानमा लागिपरेका छन्।

पुनले भने, ‘दिनहुँ जसो नयाँ(नयाँ खोज र आविष्कार गर्नुपर्‍यो भन्ने आइडिया आउँछ, धेरै विषयमा नयाँ अध्ययन भइराखेको छ।’

यस्तो देशको मुहार फेर्नमा रातदिन तल्लिन केन्द्रलाई सरकारी सहयोग भने न्यून छ। पुनका अनुसार उनको आविष्कार केन्द्रलाई अहिले दुई करोड रुपैयाँ चाहिएको छ।

पुनको अनुसार विभिन्न चिज उत्पादन गर्न कारखाना बनाउनुपर्नेछ । ‘कारखाना बनाउन पाँच करोड रूपैयाँजति लाग्छ। हामीसँग पनि अलिकति पैसा छ त्यही भएर दुई करोडजति आवश्यक छ,’ पुनको भनाई थियो ।

पुनले यही कारखाना बनाउन आवश्यक पर्ने पैसा सस्तो ब्याजमा ऋण खोजेका छन्। साथै विभिन्न समयमा उनले पाएका राष्ट्रियरअन्तर्राष्ट्रिय पदक पनि विक्रीका लागि राखेका छन्।

यो काममा आविष्कार केन्द्र सफल भयो भने विदेशबाट पेट्रोलियम पदार्थ खरिद गर्न नपर्ने र पैसा बच्ने छ पुन भन्छन् ।
पुनको लक्ष्य विदेशबाट तेल ल्याउनुको सट्टा यहाँ उत्पादन भएको बिजुली यहीँ खपत गरी विदेश जाने पैसा बचाउनु हो ।

" /> डिजेलबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा बदल्ने पुनको योजनामा चिनियाँ कम्पनीले साथ दिने - Sarbocha Media

डिजेलबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा बदल्ने पुनको योजनामा चिनियाँ कम्पनीले साथ दिने

`

     २०७६ पौष १० गते ७:१७

पुनको पेट्रोल डिजेलबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा बदल्ने योजनामा चिनियाँ कम्पनीले साथ दिने भएको छ । पुनको यो योजना अनुसार कीर्तिपुर स्थित राष्ट्रिय आविष्कार केन्द्रमा काम भइरहेको छ ।

पुनको योजना भनेको २० वर्ष पुराना पेट्रोलियम पदार्थबाट चल्ने इन्जिन भएका सवारी साधनमा विद्युतबाट चल्ने इन्जिन राख्ने हो हो । पुनका अनुसार लो ले यस्तो मोटर र ब्याट्री आफूहरूले उत्पादन गर्ने भएकोले चाहिने जति सप्लाइ गर्न तयार रहेको बताए ।

पुनका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्थापन गर्ने योजना अनुसारको काम भने सुरुकै अवस्थामा छ ।

अहिले नै आविष्कार केन्द्रबाट विद्युतीय मोटर र ब्याट्री उत्पादन गर्न नसकिने भएकोले पुनले चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनीलाई आग्रह गरेको हुन् ।

कीर्तिपुरमा रहेको आविष्कार केन्द्र हेर्न सिचुवान गुवान अटोमोबाइल्सका सिइओ च्याङलिङ लो बुधवार पुगेका थिए।

पुनले लोसँगको भेटमा आफूहरूलाई विद्युतीय मोटर र ब्याट्री सस्तोमा उपलब्ध गराउन सक्ने भए खरिद गर्ने बताएका थिए।

पुनको आविष्कार केन्द्रले सेल रोटी बनाउने, गुन्द्रुक बनाउने, औषधि ढुवानी गर्न मिल्ने ड्रोन, बच्चालाई तातोमा राख्न सकिने मेसिन पनि आविष्कार गरिसकेको छ।

पुनले कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न २२ नयाँ आविष्कार गरी सकिएको बताए। ५० जनाभन्दा बढी युवाहरू अहिले केन्द्रमा नयाँ आविष्कार तथा खोज, अनुसन्धानमा लागिपरेका छन्।

पुनले भने, ‘दिनहुँ जसो नयाँ(नयाँ खोज र आविष्कार गर्नुपर्‍यो भन्ने आइडिया आउँछ, धेरै विषयमा नयाँ अध्ययन भइराखेको छ।’

यस्तो देशको मुहार फेर्नमा रातदिन तल्लिन केन्द्रलाई सरकारी सहयोग भने न्यून छ। पुनका अनुसार उनको आविष्कार केन्द्रलाई अहिले दुई करोड रुपैयाँ चाहिएको छ।

पुनको अनुसार विभिन्न चिज उत्पादन गर्न कारखाना बनाउनुपर्नेछ । ‘कारखाना बनाउन पाँच करोड रूपैयाँजति लाग्छ। हामीसँग पनि अलिकति पैसा छ त्यही भएर दुई करोडजति आवश्यक छ,’ पुनको भनाई थियो ।

पुनले यही कारखाना बनाउन आवश्यक पर्ने पैसा सस्तो ब्याजमा ऋण खोजेका छन्। साथै विभिन्न समयमा उनले पाएका राष्ट्रियरअन्तर्राष्ट्रिय पदक पनि विक्रीका लागि राखेका छन्।

यो काममा आविष्कार केन्द्र सफल भयो भने विदेशबाट पेट्रोलियम पदार्थ खरिद गर्न नपर्ने र पैसा बच्ने छ पुन भन्छन् ।
पुनको लक्ष्य विदेशबाट तेल ल्याउनुको सट्टा यहाँ उत्पादन भएको बिजुली यहीँ खपत गरी विदेश जाने पैसा बचाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?