नेपाली साङ्गीतिक आकाशका सदाबहार नायक राजेश पायल राई र उदीयमान गायिका झरना राईको आवाजमा टेम्केको डाँडा बोलको पूर्वेली लोक गीत सार्वजनिक भएको छ।
गीतकार देव राईको शब्द रचना तथा मनोज साङ्सोनको सङ्गीत रहेको यो गीतलाई राजु कार्कीले सङ्गीत संयोजन तथा ध्वनि मिश्रण तथा सम्पादन गरेका हुन्।
गीतमा पूर्वको पशुपतिनाथ भनिने हलेशी धाम तथा खोटाङ र भोजपुरमा पर्ने महत्त्वपूर्ण पर्यटकीय एवम् धार्मिक पर्यटनका लागि प्रख्यात स्थलहरूलाई समेटिएको छ।
स्टुडियो किङ्गमा अडियो रेकर्ड गरी सोही स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको भिडियो भूमि राईले निर्माण गरेका हुन भने खोपी ईन्टरटेन्मेन्टले तयार गरेको हो।




