त्रिवि दीक्षान्त सँगै विद्यार्थीलाई भविष्यको चिन्ता

`

     २०७६ पौष ०४ गते ४:२६

 

भर्खरै त्रिवि दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यार्थी भने क्षणभङ्गुर खुसीसँगै भविष्यको चिन्ताले पिरोलिएका छन् ।

भविष्य निर्माण गर्न हजारौँ विद्यार्थी विश्वविद्यालय पढ्छन् । पढेका विद्यार्थीलाई डिग्री हासिल गरेबापत विश्वविद्यालयले दीक्षित गर्ने दीक्षान्त समारोहमै विद्यार्थी भने भविष्यको चिन्ता व्यक्त गर्छन् । यो खाले पढाइले जिन्दगी बन्दैन भन्छन् । यो भने विरोधाभासपूर्ण कुरा हो ।

दीक्षान्त समारोहमा उपस्थिति विद्यार्थीहरूले भूतप्रभावी शिक्षाले भविष्य नबन्ने आशय व्यक्त गरेका हुन् । त्यसै गरी नेपालको शिक्षाको नेपालमै काम नभएको र विदेशमा झन् के काम होला भनी चिन्ता व्यक्त गरेका छन् ।

स्वयम् विद्यार्थीका यस्ता अभिव्यक्तिले ‘दीक्षित विद्यार्थी देश विकासका पूर्वाधार हुन’ भनेर शैक्षिक समारोहमा दिइने भाषण मनको लड्डु साबित हुन्छ ।

दीक्षान्त समारोहमा सहभागी हुन यो वर्ष ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए ।

राज्यले शिक्षालाई व्यवहारिक, सिपमूलक र सिर्जनात्मक बनाउनेमा तत्काल नलागे भविष्य निर्माण गर्ने नाममा नेपालको शिक्षा अनिश्चित भविष्य बोकेका अन्योलग्रस्त लाखौँ बेरोजगार युवा उत्पादन गर्ने कारखाना बनी नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?