हामी हाम्रो देश भन्छौँ तर देशमा नागरिकको अवस्था कस्तो छ ? १५ दिनदेखि यता विराटनगरस्थित विराटनगर अस्पताल प्रा.लि. मा एक सुत्केरी आमा बन्धक रहेको कुराले देखाउँछ हाम्रो देश र जनताको दुरावस्था ।
मातृशिशु कार्यक्रमबारे राज्यको तामझामको प्रचारप्रसार, प्रदेश सरकारको छोरीलाई लक्षित गरी ‘बेटी बचाऊ, बेटी बढाऊ’ कार्यक्रम अन्तर्गत बर्सेनि करोडौं खर्च बिच यो अमानवीय घटना घटेको हो ।
ती आमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ बर्सिया ललितादेवी खंग हुन् । कडा कुपोषणले ग्रस्त भई उनकी नवजात छोरी राजविराजस्थित पोषण पुनर्स्थापना गृहमा उपचाररत छिन् । मातृशिशु कार्यक्रम सरकारले निःशुल्क बनाएको छ ।
राज्यले कमसेकम यस्तो अवस्थामा राज्य भएको आभास त नागरिकलाई दिनुपर्छ !



