छाला अमेरिकाबाट मगाइएको छ भने अस्ट्रेलियाको टिस्यु र स्किन बैङ्कलाई पनि अर्डर दिईसकिएको छ ।

ज्वालामुखीबाट बाँच्नेहरू १३ देखि ७२ वर्ष उमेर बिचको रहेको जनाइएको छ ।

" /> न्युजिल्याण्डले मगायो १२९२ स्क्वायर फिट मानव छाला - Sarbocha Media

न्युजिल्याण्डले मगायो १२९२ स्क्वायर फिट मानव छाला

`

     २०७६ मंसिर २७ गते ५:१८

२०७६ मङ्सिर २७ शुक्रवार

न्युजिल्याण्डले १२९२ स्क्वायर फिट मानव छाला मगाएको छ । सोमवार ह्वाइट आइल्याण्डमा ज्वालामुखीमा परी घाइते भएकाहरूको उपचारको लागि छाला मगाइएको हो ।

ज्वालामुखीको समयमा आइल्याण्डमा कम्तीमा ४७ जना पर्यटकहरू घुमघाम गर्दै थिए । जसमध्ये अमेरिकाका ९ जना र बाँकी न्युजिल्याण्ड, चीन, जर्मनी र मलेसियाका थिए । ज्वालामुखीमा २७ जनाको शरीर ३० प्रतिशत भन्दा बढी गम्भीर रूपमा जलेर घाइते भएका छन् भने मृत्यु हुनेको सङ्ख्या बुधवारसम्ममा १० पुगेको छ ।

छाला अमेरिकाबाट मगाइएको छ भने अस्ट्रेलियाको टिस्यु र स्किन बैङ्कलाई पनि अर्डर दिईसकिएको छ ।

ज्वालामुखीबाट बाँच्नेहरू १३ देखि ७२ वर्ष उमेर बिचको रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?