नेकपाका अध्यक्ष प्रचण्डले सरकारले विकासको कामलाई तीव्र नबनाए आफू सडक आन्दोलन गर्न र अनसन बस्न तयार रहेको बताएका छन् । विकास निर्माणको कामलाई गति दिनुपर्नेमा प्रचण्डले जोड गरेका छन् ।
प्रचण्डले विकास निर्माणको काम मार्फत देशलाई समृद्धिको बाटोमा अघि लानुपर्ने बताए । विकास निर्माणको कयौँ काममा ठेकेदारको कारणले समस्या आएको भन्दै त्यस्ता ठेकेदारलाई कारबाही गर्नुपर्ने प्रचण्डको भनाइ थियो । त्यसै गरी नेपाल राष्ट्रको सुरक्षा र राष्ट्रियताको लागि गरिएका आन्दोलन लगायत विविध परिवर्तन र प्रगतिमा तराइ–मधेसका जनताको ठुलो योगदान रहेको प्रचण्डले उल्लेख गरे ।
सोही कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले तराई–मधेसका जनताको समृद्धिमा जिम्मेवारीका साथ सरकार र पार्टीले ध्यान केन्द्रित गर्नुपर्ने भन्दै यस कार्यमा अवरोध आउन नदिने बताए ।




