एक अध्ययनले छोरा हुँदा भन्दा छोरी हुँदा पिताको उमेर बढ्ने देखाएको छ । सो अध्ययन अनुसार जति धेरै छोरी त्यति धेरै पिताको उमेर बढ्ने देखाइएको छ ।
अध्ययन जेगिलोनियन युनिभर्सिटीमा गरिएको थियो । जस अनुसार ४३१० मानिसहरूको तथ्याङ्क लिइएको थियो । जसमा २१४७ आमा र २१६३ आमा थिए । यस शोधको अनुसार छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने बुबाको उमेर कम हुन्छ । त्यस कारण छोरी हुनु बुबाको लागि सुखद कुरा हो ।
उक्त अध्ययनले छोरा हुँदा पिताको उमेरमा केही फरक नपर्ने तर छोरी हुँदा ७४ हप्ताले थपिने दाबी गरिएको छ । कतिपय अन्धविश्वासमा अडेको समाजमा छोरा हुँदा मात्र खुसीयाली मनाउने होइन कि छोरी हुँदा अझ खुसीयाली मनाउनु पर्ने भएको छ ।
यो भन्दा अगाडी गरिएको एक शोधमा अविवाहित महिला विवाहित महिला भन्दा बढी खुसी रहने बताइएको थियो । तर, अर्को अध्ययनमा भने बच्चा भएका दम्पती बच्चा नभएका दम्पती भन्दा बढी खुसी हुने देखाइएको थियो ।
छोरा छोरीमा भेदभाव नगरौँ ।



