
काठमाडौँमा मात्रै प्रदूषणले बर्सेनि दश हजार मानिसको मृत्यु हुने एक अध्ययनले देखाएको छ । प्रदूषणको कारण उपत्यकामा घातक रोगहरूको बृद्घि भई मृत्युदर बढेको हो ।
खास गरी चिसो मौसमसँगै उपत्यकामा धुलो र धुवाँको बृद्घि हुने गर्दछ । प्रदूषित हावामा रहने अति सूक्ष्म कणका कारण घातक रोग जस्तैः हृदयघात, मुटु रोग, फोक्सोको क्यान्सर, निमोनिया आदि बढेका छन् । यसको मुख्य कारण नै वायु प्रदूषण रहेको छ ।
हाल उपत्यकामा चालू सबै प्रदूषण मापन स्टेसनहरूले हावाको गुणस्तर अस्वास्थ्यकर तहमा पुगेको देखाएका छन् । त्यसै गरी अन्तर्राष्ट्रिय संस्था एयर भिजुअलका अनुसार काठमाडौँ संसारकै १००औं प्रदूषित सहर हो । वायु प्रदूषणले उपत्यकामा बढेको मृत्युदरबारे विश्व स्वास्थ्य सङ्गठनले अध्ययन गरेको थियो ।

वायु प्रदूषण रोक्न सरकारी नीत तथा कार्यक्रम आवश्यक छ । तर यस क्षेत्रको पनि अन्य क्षेत्रमा जस्तै सरकारी सुस्तता व्याप्त छ । प्रदूषण नियन्त्रण गरेर वायुको गुणस्तर व्यवस्थापन गर्ने कार्य योजना सरकारले वातावरण विभाग मार्फत दुई वर्ष अघि बनाए पनि यो डम्पिङ साइटमा थन्किएको छ । उपत्यकामा वायु प्रदूषण गर्ने मुख्य कारक भनेको सवारी साधन हो । जस अनुसार २० वर्ष पुराना सवारीसाधन हटाएर थन्काउने सरकारी कार्य योजना आफैँ थन्किएर बसेको छ ।
सम्बन्धित समाचारहरूः
सरकारले ल्यायो काठमाडौंको वायु प्रदूषण सुधार कार्ययोजना
तापक्रम बृद्घि नरोके तत्काल करोडौँ मानिस घरबार विहीन हुने



