प्रत्येक विद्यालयमा धेरैजसो अभिभावक र शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूको एउटै मात्र गुनासो रहेको हुन्छ, प्रभावकारी शिक्षण भएन । कक्षाभित्रको वातावरण प्रभावकारी नभएका कारण विद्यार्थीहरू पढाइमा कमजोर बन्दै गए । विद्यालयका प्रिन्सिपल/प्र.अ./प्राचार्य पनि आफ्ना शिक्षक/शिक्षिका साथीहरूसँग गुनासो गर्ने गर्छन् कि पढाइ प्रभावकारी भएन । पढाइ प्रभावकारी नभएका कारण विद्यालयको साख घट्दै गयो र विद्यार्थीहरूको चाप पनि घट्दै गएको छ । वास्तवमा शैक्षिक क्रियाकलाप प्रभावकारी भन्नाले हरेक विद्यालय/महाविद्यालयमा कक्षा शिक्षण व्यावहारिक, ज्ञानमूलक, सीपमूलक हुनुलाई प्रभावकारी शिक्षण मानिन्छ । अझ स्पष्ट शब्दमा भन्नुपर्दा शिक्षणको उद्देश्य बमोजिम हरेक विद्यार्थीको व्यवहारमा परिवर्तन आउने गरी शिक्षण सिकाइ गरिनुलाई प्रभावकारी शिक्षण भनिन्छ । विशेष गरी प्रभावकारी शिक्षणको लागि प्रेरणा (Motivation), पुनर्बल (Reinforcement), नियमित अभ्यास (Regular Practice) र विविध सामाजिक तथा व्यक्तिगत तत्त्वहरू (Social and Personal Factors) ले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । यी विविध तत्त्वहरूको प्रभावकारी शिक्षणमा प्रत्यक्ष भूमिका रहेकाले यिनीहरूलाई प्रभावकारी शिक्षणका तत्त्वहरू पनि भन्ने गरिन्छ ।

वास्तवमा यहाँ प्रेरणा भन्नाले हरेक सिकारुका इच्छा, आकाङक्षाहरूलाई प्रेरित गर्ने माध्यमलाई बुझिन्छ । प्रेरणा (Motivation) त्यस्तो आन्तरिक एवं अदृश्य शक्ति हो जस्तो हरेक व्यक्तिलाई उसको उद्देश्य प्राप्तिका लागि त्यसतर्फ अग्रसर बनाइरहेको हुन्छ । अझ अर्को शब्दमा भन्नुपर्दा प्रेरणा एउटा प्रक्रिया हो जसमा हरेक सिकारुका अतिरिक्त शक्तिहरू वा आवश्यकताहरू उसको वातावरण अनुसारका विभिन्न लक्ष्यहरू वा वस्तुहरूप्रति निर्देशित हुन्छन् ।

यसरी नै पुनर्बल (Reinforcement) सिकाइले त्यस्तो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकै हुन्छ । वास्तवमा यसले शिक्षा र कार्यमा उत्तेजना र प्रतिक्रियाको बन्धनलाई बलियो बनाई हरेक प्रकारको सिकाइलाई प्रभावकारी बनाउँछ । वास्तवमा हरेक विद्यार्थीले सधैँ राम्रोसँग गृहकार्य गरेर ल्याउने, राम्रा अक्षर बनाएर लेख्ने, कक्षामा मन लगाएर पढ्ने, अनुशासित भई बस्ने सफा सुग्घर भई विद्यालय/कलेज आउनेतर्फ आकर्षित गर्ने खालको वातावरण बन्नु नै पुनर्वल हो । वास्तवमा पुनर्वल पनि सकारात्मक र नकारात्मक दुबै प्रकारका हुन्छन् । साधारण तथा पुरस्कारको व्यवस्था गर्नु सकारात्मक र दण्डको व्यवस्था नकारात्मक पुनर्बल हो । विद्यार्थीलाई राम्रा राम्रा बानी, व्यवहार, आचरण र अनुभव साटासाट गर्ने प्रक्रिया सकारात्मक हो भने यिनैको सट्टा नराम्रा बानी, व्यवहार, खराब आचरण आदि नकारात्मक पुनर्बल हो । हरेक विद्यार्थीलाई सकारात्मक सोचका साथ अगाडि बढाइरहनका लागि प्रयोगमा आउने पुनर्बल एक महत्वपूर्ण तत्त्व हो जसले प्रत्यक्ष प्रभावकारी शिक्षण प्रक्रियामा प्रभाव पारेको हुन्छ ।

वास्तवमा पुनर्बल दण्ड र पुरस्कारका रूपमा (Reinforcement as Reward and Punishment) र पुनर्बल पृष्ठपोषणका रूपमा (Reinforcement on Feedback) देखा पर्दछ । कक्षा शिक्षणमा पुनर्बलको राम्रो व्यवस्थापन गर्नु हरेक शिक्षकको दायित्व हुन्छ । कक्षा शिक्षणमा पुनर्बलको व्यवस्थापन गर्दा हरेक शिक्षकले सकारात्मक पुनर्बलमा जोड दिनुपर्छ । यसरी नै हरेक विद्यार्थीका कमजोर पक्षहरू पहिल्याई तिनीहरूलाई हटाउनको लागि गरिने प्रयत्न पृष्ठपोषणलाई पनि प्रभावकारी ढङ्गले प्रयोगमा ल्याउनु आवश्यक छ ।

यसरी नै प्रभावकारी शिक्षण प्रक्रियाको अर्को महत्वपूर्ण तत्वको रूपमा नियमित (Regular Practice) लाई पनि लिइन्छ । वास्तवमा अध्ययनका क्रममा कुनै पनि अवस्थाहरूमा प्रतिक्रियाहरूलाई पटक–पटक दोहो¥याउनुलाई अभ्यास भनिन्छ । यो सिकाइ अन्तर्गतको महत्वपूर्ण पक्ष मानिन्छ । विशेष गरी नियमित अभ्यासका कारण गल्तीहरू कम गर्ने, काम गर्ने क्षमता र गतिको विकास हुने, काम गर्दा लाग्ने समयमा कमी ल्याउने, स्मरण शक्तिको विकास गराउने र नयाँ नयाँ कुराहरू सिक्नमा उत्सुक बनाउने जस्ता उपलब्धिहरू प्राप्त हुन्छन् । साँचो अर्थमा भन्नुपर्दा काममा अभ्यासको जति धेरै प्रयोग हुन्छ, त्यति नै उत्कृष्ट नतिजा प्राप्त हुन जान्छ । कुनै पनि विषयमा दक्षता प्राप्त गर्नु वा सिप विकास गर्नुलाई पनि नियमित अभ्यासको आवश्यकता पर्दछ ।

यसरी नै प्रभावकारी शिक्षण प्रक्रिया अन्तर्गतको महत्वपूर्ण तत्व सामाजिक तथा व्यक्तिगत तत्वहरू (Social and Personal Factors) लाई लिइन्छ । वास्तवमा यस अन्तर्गत व्यक्तिगत तथा समूहगत सिकाइ (Individual and Group Learning) उमेर, लिङ्ग र सामाजिक आर्थिक स्तर (Age, Sex, and Socio–economic Status) आदिलाई आधार बनाई सिकाइ प्रक्रियालाई अगाडि बढाइन्छ ।

हाम्रो देशको शैक्षिक संरचनाभित्र रहेर हेर्दा प्रभावकारी शिक्षण प्रक्रिया अन्तर्गत धेरै तत्त्वहरू रहने भए तापनि विशेष गरी कुनै पनि विद्यालय/महाविद्यालय अन्तर्गतका हरेक कक्षा कोठाभित्र हुने गरेका सिक्ने र सिकाउने प्रक्रियालाई विशेष रूपले ध्यान दिनुपर्दछ । हरेक शिक्षण कार्यमा कक्षा कोठाको वातावरण पढ्ने र पढाउने खालको बनाउने प्रयत्न गर्नु पर्दछ । शिक्षक कक्षा कोठामा प्रवेश गरे तापनि जबसम्म विद्यार्थीहरू शिक्षकले सिकाउन खोजेको कुरा सिक्न तयार हुँदैनन्, तबसम्म शिक्षकले पनि आत्मसन्तुष्टि मिल्ने गरी सिकाउन सक्दैनन् । उसले हरेक प्रकारले विद्यार्थीहरूमा उत्प्रेरणा जगाएर कक्षा कोठामा पढ्ने खालको वातावरण बनाउनु पर्दछ । हरेक विद्यार्थीको इच्छा र आकाङ्क्षाहरूलाई सम्बोधन गर्न सक्ने गरी प्रभावकारी उत्प्रेरणा जगाउन सक्नुपर्छ । वास्तवमा जे जति कुराहरूलाई व्याख्या गरिए तापनि जबसम्म हरेक शिक्षक/शिक्षिकाले विद्यार्थीहरूमा उत्पे्ररणा जगाउन सक्नुहुन्न तबसम्म प्रभावकारी शिक्षण प्रक्रिया पूरा हुन सक्दैन । वास्तवमा भन्नुपर्दा सिकाइमा प्रेरणाको महत्पूर्ण भूमिका रहेको हुन्छ । प्रेरणाको माध्यमबाट कठिन विषयलाई पनि सहज रूपमा सिकाउन सकिन्छ र कठिन एवम् असहज वातावरणलाई पनि सहज वातावरण बनाउन सकिन्छ । उदाहरणको लागि एउटा शिक्षकले उपयुक्त कक्षा शिक्षणको वातावरण तयार गर्ने, विद्यार्थीहरूको रुचि अनुसार पठन–पाठन गराउने, हरेक विषय प्रस्तुति अर्थपूर्ण रूपबाट गर्ने र असहज वातावरणलाई पनि पढ्नका लागि सहज वातावरणको आवश्यकतालाई दर्शाइ कक्षा सञ्चालन गर्ने गरे जहिले पनि विद्यार्थीहरू उत्साही, जागरूक, इच्छुक र क्रियाशील हुने गर्दछन् । हरेक विषय प्रति प्रष्ट र सधैँ प्रेरित हुने गर्दछन् । कक्षा कोठामा प्रेरणालाई सफलतापूर्वक प्रयोग गर्न सक्दा हरेक शिक्षण प्रभावकारी र सफल बन्छ । एक सफल शिक्षक/शिक्षिकाले जहिले पनि कक्षा कोठामा प्रथमतः शैक्षिक वातावरण बनाउने प्रयत्न गर्नुपर्दछ । वास्तवमा रुचि (Interest), उत्सुकता (Curiosity), सहयोग (Cooperation), प्राप्ति (Achievement) र खोज/अन्वेषण/जिज्ञासा (Exploration) जस्ता प्रेरकहरूलाई धेरै हदसम्म व्यवहारमा ल्याउनुपर्ने हुन्छ ।

विशेषतः विद्यार्थीहरूमा विषयवस्तु पढ्ने वा कक्षा कोठामा पढाएको पाठ पढ्ने वा सुन्ने/बुझ्ने रुचि नै छैन भने त्यो शिक्षण प्रभावकारी नहुने हुँदा उसमा रुचि (Interest) जगाउनेतर्फ ध्यान दिनुपर्दछ । यसरी नै शिक्षकले उपयुक्त शैक्षिक वातावरणको निर्माण उचित शिक्षण विधिको प्रयोग चाख लाग्दा उदाहरणको प्रयोग, उचित र प्रभावकारी शैक्षिक सामाग्रीको प्रयोग, निष्पक्ष मूल्याङ्कन परिपाटी आदिले गर्दा विद्यार्थीहरू सिकाइमा उत्सुक हुने गर्दछन् । हरेक विद्यार्थी सिकाइप्रति उत्सुक भएमा कक्षा कोठाभित्रको वातावरण सिक्ने र सिकाउने खालको हुन जान्छ । यसरी नै विद्यार्थी र शिक्षक एक अर्काप्रति सहयोगीका रूपमा प्रस्तुत हुने खालको वातावरण शिक्षकले निर्माण गर्नुपर्दछ । साथै विद्यार्थीहरू सहयोगी हुन सकेका छैनन् भन्ने दोषारोपणलाई त्याग्नुपर्छ । डर, त्रास पैदा नभई आफ्नो सिर्जनात्मक प्रतिभाको प्रस्फुटन हुने र मौलिक तथा तार्किक शक्तिको विकास गर्नेतर्फ विद्यार्थीहरूलाई लैजाने वातावरणको सिर्जना हुनु आवश्यक छ । हरेक शिक्षक सधैँ सहयोगी बनी विद्यार्थीहरूमा पनि सहयोगी भावना विकास गराउनमा नियमित लाग्नुपर्ने हुन्छ । यसै गरी प्रतिस्पर्धालाई पनि व्यक्तिगत प्रेरकको रूपमा लिइन्छ । विद्यार्थीहरू जब इच्छुक, जागरूक, उत्साही र सहयोगी बन्छन् तब उनीहरूमा प्रतिस्पर्धाको भावना पनि विकास हुन्छ । यस अवस्थामा हरेक शिक्षकले विद्यार्थीहरूमा समान शैक्षिक व्यवहारद्वारा प्रतिस्पर्धाको विकासलाई ध्यान दिनुपर्ने हुन्छ । यसरी नै उचित प्रकारको ज्ञान प्राप्त गर्नुपर्दछ भन्ने भावनाको विकास हुनु जरुरी छ । नयाँ नयाँ खोज र अन्वेषणका माध्यमबाट हरेक विद्यार्थी सक्षम बनाउनेतर्फ शिक्षक लागिरहनुपर्ने हुन्छ । हरेक विद्यार्थीले शिक्षकमा पूर्ण रूपमा भर नपरी आफैँ खोज तथा अनुसन्धानमा लाग्नु आवश्यक छ भन्ने कुराको ज्ञान दिएर अगाडि बढाउनुपर्ने हुन्छ ।

अन्त्यमा, प्रभावकारी शिक्षण प्रक्रिया अन्तर्गत विशेषतः कक्षा कोठाभित्र शिक्षक/शिक्षिकाले विद्यार्थीहरूलाई सहज रूपले सिकाउन सक्ने र विद्यार्थीहरूले पनि शिक्षकको सहयोगीका रूपमा उत्सुक, जागरूक, प्रतिस्पर्धी, नियमित र अनुशासित भई ज्ञान हासिल गर्ने खालको वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । अतः सिक्ने र सिकाउने दुवैका लागि अनुकुल वातावरण बनाउनु र व्यावहारिक, ज्ञानमूलक र सीपमूलक शिक्षा दिनु/लिनु नै प्रभावकारी शिक्षण हो । तसर्थ, प्रभावकारी शिक्षण भयो वा भएन भनेर गुनासो गर्नुको सट्टा सिक्ने र सिकाउने वातावरणमा केही समस्याहरू छन् कि भनेर त्यसतर्फ ध्यान दिनु प्रत्येक जिम्मेवार पक्षको दायित्व हुन जान्छ ।

" /> प्रभावकारी शिक्षण पद्वतिः आजको आवश्यकता - Sarbocha Media

प्रभावकारी शिक्षण पद्वतिः आजको आवश्यकता

`

     २०७६ मंसिर ०६ गते ७:४३

  • भवानी प्रसाद पौडेल (शिक्षाविद् तथा जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?