प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सीमा समस्या सम्बन्धी वार्ता गर्न ढिलाइ भएको काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । साथै, समृद्धिको सवालमा पनि सरकार हावादारी कुरामा मात्र अड्केको उनको आरोप थियो ।

नेता पौडेलले भारतीय सरकारसँग सिधै वार्ता गरेर समस्या टुङ्ग्याउन पहल गर्नुपर्ने र त्यसो गरे प्रतिपक्षको साथ रहने बताएका हुन् । सरकार वार्तामा ढिलाइ भएको भन्दै कुट्नीतिक क्षमता प्रदर्शन गर्नुपर्ने सुझाव व्यक्त गरेका छन् ।

सरकार समृद्धिको नाममा पानी जहाज र रेलको हावादारी कुरामा अड्केको भन्दै महत्त्व दिनुपर्ने काममा सरकार लाग्नुपर्ने विचार व्यक्त गरे

सीमा अतिक्रमणको सवालमा सरकार जिम्मेवार ढङ्गले लाग्नुपर्ने पौडेलको कथन थियो ।

भ्रमणका क्रममा प्रदेश १ को धनकुटा पुगेका पौडेलले बुधवार पत्रकारसँगको भेटमा सो कुरा बताएका हुन् ।

" /> सीमा सम्बन्धी वार्ता गर्न ढिलाइ – रामचन्द्र पौडेल - Sarbocha Media

सीमा सम्बन्धी वार्ता गर्न ढिलाइ – रामचन्द्र पौडेल

`

     २०७६ मंसिर ०५ गते ३:२६

प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सीमा समस्या सम्बन्धी वार्ता गर्न ढिलाइ भएको काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । साथै, समृद्धिको सवालमा पनि सरकार हावादारी कुरामा मात्र अड्केको उनको आरोप थियो ।

नेता पौडेलले भारतीय सरकारसँग सिधै वार्ता गरेर समस्या टुङ्ग्याउन पहल गर्नुपर्ने र त्यसो गरे प्रतिपक्षको साथ रहने बताएका हुन् । सरकार वार्तामा ढिलाइ भएको भन्दै कुट्नीतिक क्षमता प्रदर्शन गर्नुपर्ने सुझाव व्यक्त गरेका छन् ।

सरकार समृद्धिको नाममा पानी जहाज र रेलको हावादारी कुरामा अड्केको भन्दै महत्त्व दिनुपर्ने काममा सरकार लाग्नुपर्ने विचार व्यक्त गरे

सीमा अतिक्रमणको सवालमा सरकार जिम्मेवार ढङ्गले लाग्नुपर्ने पौडेलको कथन थियो ।

भ्रमणका क्रममा प्रदेश १ को धनकुटा पुगेका पौडेलले बुधवार पत्रकारसँगको भेटमा सो कुरा बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?