अंगतमणि श्रेष्ठ, नक्कली डाक्टर

नक्कली डाक्टरको गलत उपचार पछि भङ्गाल स्थित अक्सिजन नेसनल मेडिकल बन्द भएको छ । नक्कली डाक्टर अंगतमणी श्रेष्ठको गलत उपचारको कारण बुढानीलकण्ठ न. पा. ८ की १० वर्षीया कृष्मा खतिवडाको ज्यान गएको हो ।

तीन साता अघि सामान्य ज्वरो आएर उक्त अस्पताल भर्ना भएका कृष्मालाई अंगतमणी श्रेष्ठले दुई दिन अस्पतालमा राखेर औषधी दिएर घर पठाएका थिए । फेरि उनको ज्वरो बल्झियो र कृष्मा उही मेडिकलमा दोस्रो चोटि भर्ना भइन् ।

उनी भर्ना भएपछि श्रेष्ठको सल्लाह अनुसार औषधी खुवाइयो । तर, त्यसको भोलिपल्ट देखि कृष्माले बारम्बार बान्ता गर्न थालिन् । बिरामीलाई सास फेर्न गा¥हो भएकाले श्रेष्ठले १० दिनसम्म खुवाउने औषधी लेखिदिए । त्यसपछि उनी दोस्रो पल्ट डिस्चार्ज भइन् ।

आफू लामो समय बिदामा बस्ने भएकोले मेडिकल नआउन श्रेष्ठले डिस्चार्जको बेला भनेका थिए । डिस्चार्जपछि कृष्माको ज्वरो घट्नुको सट्टा झन् झन् बढेर गयो । आफन्तले तिनै डाक्टर श्रेष्ठलाई फोन गरे । फोनमा उनले बाल मैत्री अस्पताल लान भने । बाल मैत्री अस्पतालमा उनको छातीको एक्सरे गरेर हेर्दा निमोनिया भएको देखियो । कृष्मालाई त्यहाँ आइसियूमा भर्ना गरियो तर ६ दिन पछि उनको ज्यान गयो ।

मेडिकलले गलत उपचार र अनावश्यक औषधी सेवन गराइ बालिकाको अवस्था गम्भीर भएकोले बचाउन नसकेको बाल अस्पतालका डाक्टरले बताए ।

आक्रोशित बनेका आफन्तले उक्त अक्सिजन नेसनल मेडिकललाई घेरा हाले । उक्त मेडिकल बन्द गरेर श्रेष्ठ र मेडिकलका कर्मचारी फरार छन् ।

श्रेष्ठको शैक्षिक प्रमाणपत्र र अन्य कागजात नक्कली भेटिएको छ ।

श्रेष्ठको नक्कली प्रमाणपत्र

श्रेष्ठले आफ्नो घरको ठेगाना गलत बताउँदै आएका थिए भने एमडी गरेको, नर्भिक र ओम अस्पतालमा संलग्न रहेको भनेर ढाँट्दै आएा थिए । उनले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेको ‘वल्ड टपर’ लेखिएको सर्टिफिकेट पनि बनाएको देखिएको छ ।

छोरी बिरामी भएको थाहा पाएपछि कृष्माका बाबु आमा जापानबाट आएका थिए । कृष्माकी आमा घरी रुन्छिन् घरी टोलाउँछिन्, उनी एकदम विक्षिप्त भएकी छिन् ।

उक्त मेडिकलमा श्रेष्ठ र सरिता जिसीको लगानी रहेको देखिएको छ ।

धेरै समयदेखि विभिन्न अस्पतालको लापरबाहीको क्रम बढेको देखिन्छ । अस्पतालको लापरबाही रोकौँ ।

" /> कृष्माको ज्यान गएपछि अक्सिजन नेसनल मेडिकल बन्द - Sarbocha Media

कृष्माको ज्यान गएपछि अक्सिजन नेसनल मेडिकल बन्द

`

     २०७६ मंसिर ०४ गते ३:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?