
स्रोतका अनुसार सम्भवतः आज साँझ नै मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ । अध्यक्षद्वयको प्रस्तावमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालयको बैठकले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेको हो ।
कुन मन्त्री थप्ने र कुन मन्त्री हटाउने विषयमा अध्यक्षद्वयले टुङ्गो लगाउने छन् । कुन कुन मन्त्री हट्ने र कुन कुन थपिने भन्ने विषय पनि खुलाइएको छैन ।
मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो । कार्य सम्पादनलाई तीव्रता दिने हिसाबले कतिपय मन्त्रीका कार्यालय समेत हेरफेर हुनसक्ने छन् ।




