
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन र रुसको प्रदूषण अमेरिकाको लस एन्जलस सम्म पुगेको जनाएका छन् । ट्रम्पका अनुसार ती ठुला देशहरूले समुद्रमा फालिरहेको फोहर अमेरिका सम्म पुगेको हो ।
एक अध्ययनका अनुसार पनि प्लास्टिक र रसायन जन्य पदार्थबाट उत्पादित प्रदूषण अमेरिकासम्म पुग्ने गरेको बताइएको छ ।
ट्रम्पले वातावरण प्रदूषण रोक्ने सरसफाइ अभियानमा ती देशले कुनै काम नगरेको बताएका छन् । ती देशमा हावा र पानी खराब भएको बताउँदै ती देश वातावरणीय हिसाबले गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
त्यसो त ट्रम्पले पनि वातावरण बचाउने पेरिस सम्झौताबाट पछि हटेर केही राम्रो काम गरेका छैनन् । विश्व वातावरण नाजुक बन्दै जानुमा अमेरिका पनि कम जिम्मेवार भने पटक्कै देखिँदैन ।
सबै मिलेर विश्व बचाऔँ, विश्वको अवस्था दिनप्रतिदिन झन् झन् नराम्रो ढङ्गले बिग्रँदै गइरहेको छ ।
सम्बन्धित समाचारहरूः
तापक्रम बृद्घि नरोके तत्काल करोडौँ मानिस घरबार विहीन हुने
काठमाडौँमा मात्रै प्रदूषणले बर्सेनि दश हजार मानिसको मृत्यु




