
काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना भई सुनकोसी नदीमा खसेको छ । बा २ ख ७२४५ नम्बरको बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो ।
अहिलेसम्म प्राप्त विवरण अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ भने ४७ जना घाइते भएका छन् ।
¥याफ्टिङ एरिया भएकोले ¥याफ्टिङ वालाहरूको नजर दुर्घटना हुनासाथ दुर्घटना स्थलमा परेको थियो । दुर्घटना भएको देख्नासाथ कति पनि ढिला नगरी तालिम प्राप्त १० जनाको सङ्ख्यामा ¥याफ्टिङ सहित तुरुन्त उद्धारकर्ता पुग्नाले धेरैको ज्यान जोगिएको जनाइएको छ ।
बस राजमार्गबाट अनियन्त्रित भई ५०० मिटर तल खसेको थियो ।



