उदाहरणीय कामः

पूर्व पश्चिम राजमार्ग जोड्ने सडक खण्डमा रहेको आरोही खोलामा पुल निर्माण कार्य तोकिएको मितिभन्दा नौ महिना अगाडी नै सम्पन्न भएको छ । पुलले ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय जोड्ने छ ।

यसरी तोकिएको मितिभन्दा अगाडी नै निर्माण कार्य सम्पन्न गरेकोमा जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले मेनका निर्माण सेवाका प्रोप्राइटर तिलक राम लम्साललाई सम्मान गरेको छ । यस्तो सम्मान कार्यले अन्य निर्माण व्यवसायीलाई पनि प्रोत्साहन पुग्ने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्बाङले जनाए ।

बर्सातको समयमा आरोही खोलामा बाढी आएर घण्टौँ यातायात अवरूद्घ हुने गर्थ्यो भने कति सवारी साधनहरू बग्ने गर्थे ।

पुल निर्माण सुरु २०७४ मा भएको थियो भने पुल ९ करोड ९६ लाखको लागतमा निर्माण भएको हो । पुलको  वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन समयमा आएको भए पुल निर्माण अझै छिटो सकिने निर्माण व्यवसायीको भनाई थियो ।

आरोही खोलामा पुल नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जमा आवतजावत गर्ने पर्यटकलाई पनि नराम्रो असर पर्ने गरेको थियो । पुल बनेपछि भने बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटकको सङ्ख्यामा बृद्घि भई नेपाल पर्यटनको विकासमा थप टेवा पुग्ने पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरीले उल्लेख गरे ।

कुनै पनि निर्माण कार्य वर्षौँ अवरूद्घ हुने र अन्त्यमा जनताको आँखामा छारो हालेर सम्पन्न हुने चलन भएको मुलुकमा यो आरोही पुल निर्माण कार्य भने राम्रो उदाहरण बनेको छ ।

" /> तोकिएको मितिभन्दा नौ महिना अगावै पुल निर्माण सम्पन्न - Sarbocha Media

तोकिएको मितिभन्दा नौ महिना अगावै पुल निर्माण सम्पन्न

`

     २०७६ कार्तिक ०८ गते ७:२१

उदाहरणीय कामः

पूर्व पश्चिम राजमार्ग जोड्ने सडक खण्डमा रहेको आरोही खोलामा पुल निर्माण कार्य तोकिएको मितिभन्दा नौ महिना अगाडी नै सम्पन्न भएको छ । पुलले ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय जोड्ने छ ।

यसरी तोकिएको मितिभन्दा अगाडी नै निर्माण कार्य सम्पन्न गरेकोमा जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले मेनका निर्माण सेवाका प्रोप्राइटर तिलक राम लम्साललाई सम्मान गरेको छ । यस्तो सम्मान कार्यले अन्य निर्माण व्यवसायीलाई पनि प्रोत्साहन पुग्ने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्बाङले जनाए ।

बर्सातको समयमा आरोही खोलामा बाढी आएर घण्टौँ यातायात अवरूद्घ हुने गर्थ्यो भने कति सवारी साधनहरू बग्ने गर्थे ।

पुल निर्माण सुरु २०७४ मा भएको थियो भने पुल ९ करोड ९६ लाखको लागतमा निर्माण भएको हो । पुलको  वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन समयमा आएको भए पुल निर्माण अझै छिटो सकिने निर्माण व्यवसायीको भनाई थियो ।

आरोही खोलामा पुल नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जमा आवतजावत गर्ने पर्यटकलाई पनि नराम्रो असर पर्ने गरेको थियो । पुल बनेपछि भने बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटकको सङ्ख्यामा बृद्घि भई नेपाल पर्यटनको विकासमा थप टेवा पुग्ने पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरीले उल्लेख गरे ।

कुनै पनि निर्माण कार्य वर्षौँ अवरूद्घ हुने र अन्त्यमा जनताको आँखामा छारो हालेर सम्पन्न हुने चलन भएको मुलुकमा यो आरोही पुल निर्माण कार्य भने राम्रो उदाहरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?