युट्युबमा सबैभन्दा बढी कमाउने बालक बने अमेरिकाका आठ वर्षे रायन काजी

" /> एकै वर्षमा त्यो पनि ८ वर्षका बालकले ३ अर्व कमाएर विश्व रेकर्ड - Sarbocha Media

एकै वर्षमा त्यो पनि ८ वर्षका बालकले ३ अर्व कमाएर विश्व रेकर्ड

`

     २०७६ पौष ०६ गते ७:४७

 

आठ वर्षकै उमेरमा एक बालकले सरदर ३ अर्व कमाएर विश्व रेकर्ड कायम गरेका छन् । ती बालकले जुन २०१८ देखि जुन २०१९को बिचमा यति धेरै पैसा कमाएका हुन् ।

यसरी विश्वलाई नै चकित तुल्याउने गरी पैसा कमाउने बालक अरू कोही नभएर अमेरिकाका रायन काजी हुन्। उनी एक युट्युबर हुन् र उनले युट्युब मार्फत नै त्यति धेरै पैसा कमाएका हुन् ।

उनी युट्युबमै सबैभन्दा बढी कमाउने बालक बनेका हुन् । उनले एक वर्षमा २.६ करोड डलर (करिव २ अर्ब ९६ करोड भन्दा बढी रुपैयाँ) कमाएका छन् ।

रायन र उनका आमाबाबुले युट्युबमा खेलौनाको समीक्षा गर्छन् र त्यो समीक्षाबाट आएको निचोड रायन वर्ल्ड नामक युट्युबमा अपलोड गर्छन् । यसै युट्युब च्यानलबाट उनले २०१९ मा २.६ करोड डलर कमाएका हुन् ।

युट्युबमा सबैभन्दा बढी कमाउने बालक बने अमेरिकाका आठ वर्षे रायन काजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?