नेपालमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार २६६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ पीसीआर परीक्षण भएका छन् ।
यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
१ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ पीसीआर परीक्षण भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए