सेनाको यस निर्णयसँगै गृह मन्त्रालयमा समेत यसबारे छलफल हुन थालेको छ । सेनामा जस्तै प्रहरीमा पनि पेन्सनका लागि न्यूनतम सेवा अवधि २० वर्ष छ । जसलाई १६ वर्ष बनाउन अदालतमा मुद्दा समेत छ । देशका सुरक्षा निकायमा पेन्सन सम्बन्धि फरक फरक व्यवस्था हुन नहुने भन्दै प्रहरीमा पनि १६ वर्षमै पेन्सन अवधि बनाउन गृह मन्त्रालयले तयारी सुरू गरेका छन् ।
प्रहरीमा दुःख धेरै, सुविधा कम र सरुवा /बढुवा समेत निष्पक्ष नहुने भएकाले तल्लो तहमा काम गर्ने प्रहरीहरु पेन्सन अवधि पुगेलगत्तै जागिर छाड्न चाहन्छन् । सरकारले उनीहरुको सेवा सुविधा बढाउन सकेको छैन । जसकारण राजिनामा दिने क्रम रोकिएको छैन । पेन्सन लिने र अन्यत्र जागिर खाने प्रवृत्ति सिपाही हवल्दारमा देखिन्छ ।
उता सुरक्षाकर्मीको रासनभत्ता भने बढ्ने भएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समिति रासनभत्ता करिब ४० प्रतिशत बढाउन सिफारिस गरेको छ । यसले सुरक्षा निकायमा केही उत्साह बढ्ने अपेक्षा गृहको रहेको छ । विगत ५ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए